गृहमन्त्री बादल र प्रधानमन्त्री ओली बिच बालुवाटारमा भेट

हिमशिखर संवाददाता ८ पुष २०७७, बुधबार १३:३८

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकाछन् ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् ।

बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् भने उनले कुनै निर्णय गरिसकेका छैनन् ।

पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।

मंगलबार दिउँसो १ बजे प्रचण्ड–माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाएको छ भने माधव नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

Next Post

छोडेर जानेले घर पाउँदैन:नेकपा नेता पण्डे

८ पुष २०७७, बुधबार १३:३८
२८७ केन्द्रीय सदस्यको हस्ताक्षर बोकेर बुधबार निर्वाचन आयोग पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसंग समसामयिक राजनितीका बिषयमा गरिएको  कुराकानीलाई हामीलेे अनलाइन खवरबाट साभार गरेकाछाै निर्वाचन आयोगमा आउनुको उद्धेश्य के हो ? नेकपाको हिजो बसेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी गराउन आएका हौं […]