तिला नदिमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता

के .बि अछुत १५ जेष्ठ २०८१, मंगलवार २१:२९

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका- ६ स्थित तिला नदिमा पौडी खेल्न गएका एक १५ वर्षीय किशोर बेपत्ता भएका छन् ।

तिलागुफा नगरपालिकाऔ-७ घर भइ हाल वडा नं। ६ को गाल्जेमा होटेल व्यावसायि गरि बस्ने रुपकौडा बमका अन्दाजी १५ वर्षीय छोरा हिक्मत बम बेपत्ता भएका हुन् ।

मंगलबार दिउँसो साढे २ बजे तिला नदिमा पौडी खेल्न गएका बम डुबेर बेपत्ता भएको इलाका प्रहरी चौकी गाल्जेले जनाएको छ ।

बेपत्ता भएको जानकारी पाउनासाथ खल्लागाड प्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक रकविर केसीको कमाण्डमा २ जना र इलाका प्रहरी चौकी गाल्जेबाट प्रहरी हवल्दार गगनबहादुर रावतको कमाण्डमा ३ जनाको टोली घटनास्थलतर्फ गएको थियो ।

बेपत्ता किशोरको खोजीकार्यका लागि दिउँसो ४ बजे जिप्रका कालीकोटबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा ७ जनाको टोली र आश्रित गुल्म कालीकोटबाट कालीबहादुर रोकायको कमाण्डमा ७ जनाको टोली खोजतलासका लागि घटनास्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

वर्खाको समयमा नदिको वहाब बढ्ने भएका कारण बेपत्ता किशोरको उद्दार कार्यमा कठिनाइ हुने प्रहरीको भनाइ छ ।

Next Post

वन अतिक्रमण गरेर रोपेका विरुवा काटेपछि भाडगाउँका एक दलित परिवारको उठीबास

१५ जेष्ठ २०८१, मंगलवार २१:२९
जुम्ला-सिंजा गाउँपालिका – ६ भाडगाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका ३७ वर्षीय प्रेमबहादुर दमाई दलित समुदायका एक विपन्न व्यक्ति हुन् । उनका तीन भाईको ११ जनाको घरपरिवार छ । उनको सम्पत्तिका नाममा २५ वर्गमिटर जमिन (जग्गा) मात्रै रहेको छ । उनका बुवा ०५२ सालमा चन्दननाथ नगरपालिका – ८ जुम्लादेखि सिंजा […]