कैलालीमा सुन व्यवसायीमाथि गोली प्रहार

हिमशिखर संवाददाता ३ पुष २०७९, आईतवार १९:५३

कैलालीको अत्तरियास्थित घोडाघोडी १ बस्ने सुन व्यवसायी २८ वर्षीय विकास सुनारमाथि आइतबार साँझ साढे ६ बजे गोली प्रहार भएको छ ।

अत्तरियामा उनको न्यू घोडाघोडी सुनचाँदी पसल छ । उनी पसल बन्द गरेर घर जाने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

अत्तरियायाको पूर्वी सडकमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मोटरसाइकलमा सवार २ जनाले गोली चलाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुनारको दाहिने हात र ढाडमा चोट लागेको छ । उनको अत्तरियास्थित पद्मा अस्पतालमा प्रारम्भिक उपचारपछि मायामेट्रो अस्पताल धनगढीमा रिफर गरिएको छ ।

गोली प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको र जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा प्रहरी टोली परिचालन भएको प्रवक्ता जोशीले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Next Post

हर्क साम्पाङले माफी मागे

३ पुष २०७९, आईतवार १९:५३
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्दले दलित समुदायलाई नराम्रो पर्न गएकाेप्रति माफी मागेका छन्। उनले आफूले प्रयाेग गरेकाे ‘चमारे’ शब्दले दलित समुदायमा असर पुगेकाेमा दु:ख व्यक्त गर्दै माफी मागेका हुन्। ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित […]