नगरकोटीको नयाँ पुस्तक : विशेष तरिकाले प्रकाशन हुदै

फागुन १ गतेसम्म अग्रिम बुकिङ गर्न सकिने

हिमशिखर संवाददाता २ मंसिर २०७७, मंगलवार २१:१०

कुमार नगरकोटीको नयाँ कथा संग्रह ‘कल्पग्रन्थ’ को विशेष तरिकाले प्रकाशन हुने भएकाे छ । प्रकाशक बुकहिलले सोमबार विज्ञप्ति जारी गर्दै नगरकाेटीकाे नया पुस्तककाे प्रिमियम संस्करण मात्र प्रकाशन हुने जानकारी गराएकाे छ ।
पढ्न चाहाने पाठकले पहिलेनै बुकिङ गर्नु पर्ने र यसका लागि २०२१ रुपैंया तिर्नुपर्ने छ ।

६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले, ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् ।

बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन् । हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौँ ।’

‘एसिड फ्री’ कागजमा छापिने किताब हार्ड कभरमा बक्ससहित उपलब्ध हुनेछ्र । एउटा बुकमार्क, केही विशेष पोस्टकार्ड र झोला किताबसहित प्रत्येक ग्राहकले हात पार्नेछन् । साथै, हरेक ग्राहकले नगरकोटीको अटोग्राफसहित किताब प्राप्त गर्नेछन् । सोमबारदेखि प्रिअर्डर खुल्ला गरिएको किताब खरिद गर्न आगामी फागुन १ गतेसम्म अग्रिम बुकिङ गर्न सकिनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो पुस्तक जति ग्राहकले प्रिअर्डर गर्छन्, त्यति ‘प्रति’ मात्र छापिनेछ । देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन । कुनै बिक्रेताले बेच्न चाहेमा यो योजनामा सहभागी हुनुपर्नेछ । प्रि–बुकिङ गरेका ग्राहकका पुस्तक नेपालभित्र निःशुल्क र नेपालबाहिर ढुवानी शुल्कसहित डेलिभरी गरिनेछ । प्रि–बुकिङ गरेका ग्राहक पुस्तक विमोचन समारोहमा सहभागी हुन सक्नेछन् । पुनः मुद्रण र प्रकाशन नहुने यो पुस्तक आगामी चैत १४ गते शनिबार लोकार्पण गरिनेछ ।

Next Post

गम्भीर मोडमा नेकपा: रक्षात्मक बन्दै ओली, गलाउने रणनीतिमा प्रचण्ड–नेपाल

२ मंसिर २०७७, मंगलवार २१:१०
काठमाडौँ- बुधबार निर्धारित नेकपा सचिवालय बैठकमा सामेल नहुने अडानमा रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ओलीमाथि आफ्नै समूहबाट पार्टी एकतासँगै आफ्नो पद जोगाउन केही लचकता देखाउन दबाब परेको छ। पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक सुरु हुन एक दिन मात्र बाँकी रहँदा ओली समूहका प्रभावशाली नेताहरुले भोलिको बैठकमा सामेल भएर अर्का […]