एमाले महाधिवेशनको बन्दसत्र स्थलमा भीम रावलविरुद्ध कार्यकर्ताको नाराबाजी

हिमशिखर संवाददाता १२ मंसिर २०७८, आईतवार २२:२३

सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम रावलविरोधमा नाराबाजी भएको छ ।

विहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुगेका छन् ।

त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै उनको पक्षमा नाराबाजी गरेका छन् ।

उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलविरुद्ध पनि नारा लगाएका छन् । पार्टी ‘फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्ने नारा लगाएका छन् ।

Next Post

१० मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

१२ मंसिर २०७८, आईतवार २२:२३
कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोनलाई ‘चिन्ताको विषय’ भनिसकेको छ । तर ओमिक्रोन कति संक्रामक छ र विद्यमान खोप एवं उपचार विधिले यसविरुद्ध काम […]