जुम्लाको चन्ददनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले आफू र प्रमुख उपप्रमुख बीच कुनै विवाद नभएको स्पष्ट पारेकी छिन् ।
आज विहान पत्रकार भेटघाटका क्रममा नगरप्रमुख सेजुवालले प्रमुख-उपप्रमुखकाे आ आफ्नै जिम्मेवारी भएकोले विवाद गर्नु पर्ने कुनै कारण नभएको आफुहरू बिच कुनै विवाद नभएकाे बताइन ।
नगरपालिका संस्कार र सभ्यता देखाउने् ठाउँ हो । हामी बीचमा कुनै किचलो छैन । म लटपटिएको पनि छैन । उनले भनिन्,‘कहाँबाट के आउँछ त्यो मलाइ पनि थाहा छैन ।’ उनले कार्यकालको अन्तिम चरणमा सम्पति विवरण सार्वजनिक गरेर सबै भ्रम चिर्ने बताइन ।बजेट नीति कार्यक्रम असार ३१ गते बहुमतले पारित भइसकेकाे छ ।
नगरप्रमुख सेजुवालले प्रमुख-उपप्रमुखबीचको विवादका बिषयमा सत्यतथ्य बुझेर मात्र समाचार संकलन गर्न पत्रकारलाई आग्रह गरिन । उनले कसैको मुखपत्र नबन्न समेत सुझाव दिइन ।