जुम्ला कारागारबाट केही दिनअघि फरार भएका ४१ कैदीमध्ये पाँच जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा परेकामध्ये सन्तोष सार्की, भक्तराज शाही, पुन्न विक, डम्बर नेपाली र सुरेन्द्र महत रहेका छन्।हिजो ११ जना कैदी पक्राउ परेका थिए
प्रहरीका अनुसार बाँकी २५ जना अझै फरार रहेका छन् र उनीहरूको खोजीकार्य जारी रहेको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि पुनः कारागारमा पठाइने तयारी गरिएको छ।



