राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान असहज, विपन्न र चुनौतीपूर्ण परिस्थितिलाई पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउन सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गरेका छन्।

राष्ट्रपतिले आज जारी गरेको वक्तव्यमा संविधान, संघीय लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्थाले मुलुकलाई शान्तिपूर्ण निकास दिने विश्वास व्यक्त गरिएको छ। आगामी भदौ २५ गते हुने उपनिर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र आम नागरिकलाई सहयोग र सहभागिताका लागि आह्वान गरिएको छ।
“देशले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै जनताको विश्वास जित्ने दिशामा अगाडि बढ्न सबैलाई आग्रह गर्दछु,” राष्ट्रपतिले भनेका छन्।



