अमेरिकी सेनाको परेडप्रति माओवादीको आपत्ति

सार्वभौमिकतामाथि खेलवाड भएको आरोप

हिमशिखर सम्वाददाता काठमाण्डौ ४ फाल्गुन २०८२, सोमबार १४:३५

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले नेपाली सेना दिवसको अवसरमा काठमाडौँस्थित सैनिक मञ्चमा अमेरिकी सेनाले परेड प्रदर्शन गरेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका अनुसार उक्त घटनाले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथि प्रश्न उठाएको छ।


केन्द्रीय समितिको तर्फबाट जारी वक्तव्यमा अमेरिकी हस्तक्षेपबारे बहस चलिरहेको अवस्थामा नेपाली जनता र राजनीतिक दलको जानकारी तथा सहमति बिना विदेशी सेनाको सहभागितामा परेड गरिनु गम्भीर विषय भएको उल्लेख गरिएको छ। पार्टीले यसलाई “रहस्यमय ढंगले गरिएको गतिविधि” भन्दै विरोध जनाएको छ।

वक्तव्यमा यस्तो कार्य गर्न लगाउने तथा समर्थन गर्ने तत्वहरूको कडा भर्त्सना गर्दै सरकारसँग घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिएको छ। साथै देशको स्वाधीनता जोखिममा पर्न सक्ने भन्दै नागरिकलाई सचेत र आवश्यक परे प्रतिरोधका लागि तयार रहन विशेष आह्वान गरिएको छ।

महासचिव विप्लव सी द्वारा जारी उक्त वक्तव्य फागुन ३ गते सार्वजनिक गरिएको हो।

Next Post

जबरजस्ती करणी मुद्दाका फरार कैदी लगनखेलबाट पक्राउ

४ फाल्गुन २०८२, सोमबार १४:३५
जबरजस्ती करणी मुद्दाका फरार कैदी लगनखेलबाट पक्राउ जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएको करिब पाँच महिनापछि पुनः पक्राउ परेका छन्। कारागार कार्यालय नख्खु बाट भदौ २३ र २४ गते जेन्जी आन्दोलनको क्रममा भागी फरार भएका अशोक भन्ने अनिष भुजेललाई प्रहरीले माग ३ गते बेलुका करिब ५  बजे […]

सम्बन्धित समाचार