जुम्लाको पाटनमा २०० भन्दा बढी भेडाको मृत्यु, एक गोठालो गम्भीर घाइते

महेश चाैलागाँई २३ असार २०८२, सोमबार १८:३०

जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका वडा नं. ५ ठुलोहाँका पाटनमा सोमबार साँझ चट्याङको प्रहारबाट एक गम्भीर घटना घटेको छ। स्थानीय गोठाला धन बहादुर रावतसहित ६ जनाका करिब ९०० वटा भेडा चरिरहेका बेला अचानक चट्याङ खस्दा २०० देखि ३०० वटासम्म भेडाको घटनास्थलमै मृत्यु भएको छ।

घटनामा ऐ.सिजा गाउँपालिका वडा नं. ५ निवासी ४५ वर्षीय धन बहादुर रावत गम्भीर घाइते भएका छन्। उनीसहित अन्य गोठालाहरू सो पाटन क्षेत्रमा गोठालो गएका थिए।

घटनाबारे गोठालो गोविन्द बुढाले बेलुकी करिब ५:३५ बजे टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय जुम्लालाई जानकारी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय (जिप्रका) जुम्लाले जानकारी अनुसार घटना स्थल प्रहरी चौकी झारज्वालाबाट करिब ७ घण्टा दक्षिण र जिल्ला सदरमुकामबाट झण्डै १० घण्टा पूर्व-दक्षिणतर्फ पर्ने दुर्गम भेगमा पर्छ। त्यसकारण तत्काल उद्धार कार्यमा कठिनाइ भएको प्रहरी स्रोतले जनाएको छ।

घटनास्थलमा तत्काल पुग्न नसके पनि स्थानीयवासी तथा अन्य गोठालाहरूले घाइतेको प्राथमिक उपचारका लागि प्रयास गरिरहेका छन्।

चट्याङले भेडा मरेको र मानवीय क्षति समेत भएको घटनाले स्थानीयमा त्रास फैलिएको छ। यसै सन्दर्भमा एक जना स्थानीयले भने, “हाम्रो जीवनको आधार पशुपालन हो। यस्तो विपद् आइपर्दा गाउँलेको जीवन बर्बाद हुने स्थिति आउँछ।”

पशुपालन नै मुख्य जीविकोपार्जनको आधार रहेको जुम्लाका भेगहरूमा यस्तो प्रकारको प्राकृतिक विपद्को असर दीर्घकालीन हुने भएकाले यसप्रकारका जोखिम न्यूनिकरणमा राज्यले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

Next Post

हिमा नदिमा ५ वर्षीय बालक बेपत्ता, खोजी कार्य जारी

२३ असार २०८२, सोमबार १८:३०
जुम्ला जिल्लाको हिमा गाउँपालिका–७ बागबजारमा ५ वर्षीय बालक यमन शाही हिमा नदीले बगाउँदा बेपत्ता भएका छन्। स्थानीय अभेन्द्र शाहीका छोरा यमन शाही असार २५ गते दिउँसो करिब २ बजेर ५० मिनेट जाँदा नदी किनारमा बालुवा खेल्दै गर्दा अचानक नदीले बगाएर बेपत्ता भएको स्थानीय वडाध्यक्ष बिक्रम शाहीले जानकारी दिएका छन्। घटनाबारे […]