चालक धन गिरि को न्याय को मग गर्दै सडक आन्दोल्क्न

महेश चाैलागाँई २५ श्रावण २०८०, बिहीबार १०:०५

बेपत्ता पारिएका ट्याक्टर चालक धन गिरिले न्याय नपाएको भन्दै आफन्तले कर्णाली राजमार्ग चक्काजाम गरेका छन् ।लामो समयसम्म बेपत्ता ट्याक्टर चालक गिरिको न शास न लाश भेटीएको भन्दै न्यायको माग गर्दै कर्णाली राजमार्ग बन्द गरिएको हो।
विहिबार विहानै देखि कर्णाली राजमार्ग बन्द भएपछि जुम्लाबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातका साधन प्रभावित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार बन्द गरिएको कर्णाली राजमार्ग खुलाउने प्रयास भई रहेको छ । उनले भने घटना स्थलमा सुरक्षाको टोली पुगिसकेको छ ।
बेपत्ता चालक गिरी चन्दननाथ नगरपालिका – ५ कालेखोलीकी रेणु शाहीको लु ३ त ९६२२ नम्बरको ट्याक्टर चलाउदै आएका थिए । १५ असोज २०७७ मा चालक गिरी र सहचालक एक बालक जुम्ला बजारबाट ट्याक्टरमा सरीया सिमेण्ट लिएर गुठीचौर गाउँपालिका – १ मणिसाँघुस्थित कर्ण बस्नेतको घरमा झारेको बुझिन्छ । चालक गिरीका दाई भैरे गिरीका अनुसार मणिसाँघुबाट फर्केर आउदा गुठीचौर गाउँपालिका – ५ लामाकार भिरबाट बेपत्ता पारिएको हो ।
सोही वडाका विमल महतसहित ४ जनाको समुहले ट्याक्टर रोकेर ०७७ असोज १५ गते राती साढे ९ बजे चढेको उनले बताए । उनले भने उनीहरुले चालकबाट ट्याक्टरको चापी खोसेर ढुंगामुडा गरी बेपत्ता पारेको घटना विवरण रहेको छ । त्यसमा सहचालक भने भागेपछि अहिले जिवित अवस्थामै छन् । तर चालक भने अहिलेसम्म बेपत्ता रहेका छन् ।
घटना विवरणका आधारमा ४ जना विरुद्ध अपहरण गरी व्यक्ति बेपत्ता पारिएको मुद्दामा जिल्ला अदालतले ०७८ चैत २१ र उच्च अदालत सुर्खेत जुम्ला इजलासले ०८० असार ३ गते सफाई दिएको तुलराज गिरीले बताए । उनले भने हामीले अहिले न लाश भेटाएका छौँ न शास ! दुई तहको अदालतबाट पनि न्याय पाएका छैनौ । अदालतको फैसला त्रृटिपूर्ण रहेको छ ।
तुलराजले भने प्रतिबादीले नै अदालतको बकपत्रमा भनेका छन् हामीले ट्याक्टर रोकेर चापी नियन्त्रणमा लिएका हौँ । चालक र सहचालकमाथि हातपात गरेका हौँ भनेर स्वीकार्दा पनि हामीले न्याय पाएनौँ । प्रतिवादीलाई नै सफाई दिएको छ ।
यसले गर्दा पीडित नै अन्यायमा परेर पीडकलाई उन्मुक्ति अदालतले नै दिएको तुलराजको आरोप छ । यस फैसला उपर पुर्नविचार गर्न माग गरेका छन् ।
ट्याक्टर मालिक प्रतिवादी रेणु शाहीले घटना स्थलमा रहेको ट्याक्टर प्रहरीको उपस्थिति विनै आफ्नो घरमा ल्याउनु र सहचालकलाई सत्यतथ्य बोल्न नदिनु जस्ता क्रियाकलाप भएका छन् । तुलराजले भने घटना घटेका ७ महिनापछि तातोपानी गाउँपालिका – ५ श्रीनगरको चौर नजिक तिला नदीमा शंकास्पद मानव कंगाल भेटियो । त्यो कंगाल हाम्रै मान्छे चालक धन गिरीको हो भनेर दावी गरौँ । पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईयो ।
०७८ जेठ ४ गते उमेर नमिलेको भनेर त्यो कंगाल तपाईहरुको हुन नसक्ने भनेर प्रहरीबाट प्रतिक्रिया आएको तुलराजले बताए । ९ महिनापछि त्यो कंगालको डिएनए पोजेटिभ हुन सकेन भनेर प्रतिवादीलाई जिल्ला अदालतले सफाई दियो ।
जिल्ला अदालतको फैसलापछि पुन उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गरिएको हो । तुलराजले भने उच्च सरकारी वकिल कार्यालय पुन डिएनए परीक्षणको माग गरेपछि बेपत्ता चालक धन गिरीका दाई भैरे गिरी र छोरी ऋचा गिरीको स्याम्पल लिएको हो । केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौँबाट प्रतिवेदन नआउदै मुद्दा फैसला गरी प्रतिवादीलाई सफाई दिईयो ।
डिएनए प्रतिवेदन विना पीडित पक्ष र सरकारी वकिलको मुद्दा पेश्की सार्न माग दावी गर्दागर्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासको ०८० असार ३ गतेको फैसलाप्रति आपत्ति जनाएका छन् । चालक गिरी बेपत्ता भएपछि विचल्लीमा परेका दुई छोरी र एक छोरा र श्रीमति अहिले आफन्तको संरक्षणमा इटहरीमा छन् ।

यो घटनाले न्याय नपाएको विषयमा हाम्रो पनि ध्यानाकर्षण भएको यातायात मजदुर संघ जुम्लाका अध्यक्ष हस्तराज गिरीले बताए । उनले भने यातायात मजदुरकै हकहितका लागि हामीले यो संघ दर्ता गरेका हौँ । हाम्रै सहकर्मी लामो समयदेखि बेपत्ता अवस्थामा रहेका छन् । घटनाका प्रतिवादीलाई जिल्ला र उच्च अदालतले सफाई दिएको छ । बेपत्ता चालक धन गिरीको न लाश भेटियो न शास, अदालतले पनि न्याय दिन नसकेर प्रतिवादी निर्दाेष बनायो ।
घटनाका विषयमा पुर्नविचार नभएको खण्डमा बादीपक्ष र यातायात मजदुर संघ जुम्लाले साउन २५ गतेदेखि कर्णाली राजमार्ग नै अवरुद्ध गर्न चेतवानी समेत दिएका छन् ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासका शाखा अधिकृत नविन केसीका अनुसार जिल्लाको फैसला उच्चले सदर गरेको हो । उनले भने फैसला चित्त नबुझेपछि यो भन्दा माथिल्लो निकाय सर्वाेच्चमा मुद्दा दायर गर्न मिल्ले ठाउँ छ । बादीपक्षले डिएनए परीक्षणको कुरा गरेको बुझिन्छ । तर मुद्दाको मिसिल र सरकारी वकिलले डिएनए परीक्षणको कही कतै वकालत गरेको पाईदैन । बादीपक्षले देखाएको पत्र अनुसार सरकारी वकिल र जिल्ला प्रहरी कार्यालय बीच मात्रै भएको देखिन्छ । तर त्यो पत्र उच्च अदालतमा पुगेको देखिदैन ।

Next Post

मनाङको अवस्था : ३५ किलोमिटरमा ३५ पहिरा, आवतजावत ठप्प

२५ श्रावण २०८०, बिहीबार १०:०५
हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ। डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो। शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ। यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना […]