जुम्लाको धार्मिक पर्यटकिय गन्तव्य ठाकुरज्युको माथिल्लो डाबमा पहिलाे पटक गाडी पुगेको छ । धार्मिक पर्यटकिय स्थल ठाकुरज्युकाे प्रर्वद्वनका लागि निर्माण भएकाे सडकमा पहिलाे पटक माथिल्लो डाबमा गाडी पुगेको हाे ।
पर्यटकीय स्थान ठाकुरज्यु सम्म पुग्नकाे लागि सहज बाटो नहुँदा आउजाउमा सास्ती खेप्दै आएका आन्तरिक धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुर जाने सडक पूर्वाधार निर्माणलाई गुठिचाैरले जाेड दिएकाे गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार
ठाकुरज्युको प्रर्बद्धन र गुठिचौरका स्थानीयलाई त्यहाँसम्म पुग्न सहज होस भन्नका लागि सडक निर्माण कार्यको थालनी गरिएको बुढाले बताउनुभयाे । पहिलाे चरणमा हिडेर मुस्किल हुने माथिल्लो डाब सम्म गाडी पुगाउन पालिका सफल भएकाे बताउनुभएको । अब डाब बाट गाउँ सम्म सहजै काठ दाउरा, स्याउला साेत्तर ल्याउन सहज हुने बताउनुभयो ।
यहाँले भन्नुभयो, पर्यटन क्षेत्र आर्थिक समृद्धी रोजगारी सृजनाका मुख्य आधार भएकाले सडक निर्माण लाई प्रथामिकतामा राखिएकाे बताउनुभयो । अध्यक्ष बुढाका अनुसार गुठिचाैर गाउँपालिकाले आफ्नाे क्षेत्रमा रहेका ठाकुरज्यु लगायतका क्षेत्रको प्रर्बद्धनमा लगानी बढाउने बताउनुभयो ।
गुठिचौरको लाग्ना हुदैँ ठाकुरज्यु जोड्ने सडक कुल २८ लाख ४० हजार ४ सय ७७ रुपैया लगानीमा निर्माण हुन लागेकाे बताउनुभयाे । उहाँका अनुसार उक्त सडक निर्माणपछि ठाकुरज्यु प्रर्बद्धनमा थप सहयाेग हुने बताउनुभयो ।
यस्तै गुठिचौरका प्राविधिक शाखा प्रमुख मीन बहादुर भण्डारीले सडक निर्माणको ठेक्का (के एण्ड पी निर्माण सेवा त्रिपुरासुन्दरी ७ डोल्पा)ले लिएर काम संचालन गरिरहेकाे बताउनुभयो । उहाँका अनुसार कुल १ करोडको ठेक्का आह्वान भएपनि घटाउमा निर्माण व्यवसायीसंग २८ लाख ४० हजार ६ सय ७७ रुपैयामा ठेक्का सम्झौता भएको बताउनुभयाे । उहाँका अनुसार पहिलाे चरणमा माथिल्लो डाब सम्म सडक निर्माण गरि गाडी पगाउन सफल भएको बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणको काम लाग्न ठाकुर ज्यु सडक निर्माण सम्पन्न भई माथिल्लो डाब सम्म करिब ५००० मिटर र करिब ३४०० मिटरको उचाईमा सडक पुगेको बताउनुभयो । अबको आर्थिक बर्ष २०८१/०८२ मा ठेक्काबाट हाका सम्म र त्यस्को लगतै अर्को बर्ष ठाकुर ज्यु सम्म पुर्याउने लक्ष्य गाउँपालिकाकाे रहेको बताउनुभयो । उहाँले भन्नुभयाे, पहिलो चरणको ठेक्का सफल गर्ने के एण्ड पि कन्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाईटर रबिका भण्डारी र प्रकाश बुढा लाई बधाई तथा धन्यवाद दिनुभएको छ ।