उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय

हिमशिखर सम्वाददाता काठमाण्डौ १ चैत्र २०७९, बुधबार १३:०७

नेपाली कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत ३ गते हुने निर्वाचनमा यादवको पक्षमा मतदान गर्ने निर्णय गरेकाे प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकले आगामी वैशाख १० गते हुने चितवन-२ लगायतका उपनिर्वाचनका लागि उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई निर्देशन गर्ने निर्णय पनि गरेको छ।

Next Post

राेमाञ्चक खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनाेटमा प्रवेश

१ चैत्र २०७९, बुधबार १३:०७
आइसीसी विश्वकप लिग– २ काे एकदिवसीय त्रिकाेणात्मक सिरिज अन्तर्गतकाे अन्तिम खेलामा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनाैट चरणमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डिएल पद्धतिको आधारमा ९ रनले हराएको हो। ४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको […]