कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमशिखर सम्वाददाता काठमाण्डौ ५ चैत्र २०७९, आईतवार ०८:३८

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ।

यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

Next Post

१४ वर्ष पछि जुम्ला बहुमुखी क्याम्पसमा चुनावी राैनक

५ चैत्र २०७९, आईतवार ०८:३८
जुम्ला बहुमुखी क्याम्पस साबिककाे कर्णाली अञ्चलमा त्रिभुवन विश्वविद्यालयकाे एकमात्र आंगिक क्याम्पस हाे। विगत १४ वर्षदेखि निर्वाचन हुन नसकेको क्याम्पसमा यतिबेला निर्वाचन हुँदैछ। तीन ठूला राजनीतिक पार्टीले यसलाई आफ्नाे प्रतिष्ठासँग जाेडेका हुनाले आफ्नाे सम्पूर्ण संयन्त्र नै परिचालन गरेर लागेका छन्। यसले आम निर्वाचनकाे झल्काे दिइरहेको छ। देशका तीन ठूला पार्टीहरु कांग्रेस, […]