केन्द्रको निर्देशन अनुसार काम भएको छ:प्रकाश ज्वाला

हिमशिखर संवाददाता ३ बैशाख २०७८, शुक्रबार २०:२७

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा विश्वासको मत दिएका नेकपा एमालेका चारजना सांसदले केन्द्रकाे निर्देशन अनुसार फ्लोर क्रस गरेकाे बताएका छन्।

नेकपा एमालेको माधव–झलनाथ पक्षका चारजना सांसदले संसदीय दलको निर्णयविरुद्ध फ्लोर क्रस गरेका हुन्।

जसमध्येका प्रमुख सांसद प्रकाश ज्वालाले आफूहरुले पार्टीको निर्देशनअनुसार नै फ्लोर क्रस गरेको प्रतिक्रिया दिएका छन्।

‘केन्द्रबाट नेताहरुले नै निर्देशन दिएपछि त्यसैको पालना गरेर फ्लोर क्रस गरेका हौं,’ उनले भने, ‘अब कारबाही स्वीकार्छाैं। केन्द्रमा हाम्रा नेताहरुलाई त धमाधम कारबाही गरिएको छ। अब हामीलाई कारबाही हुनु नाैलाे कुरो भएन।’

पार्टीको निर्णयबाहिर गएका कारण तत्कालै उनीहरुलाई कारबाही सिफारिस गर्ने तयारी नेकपा एमाले कर्णाली प्रदेश कमिटीले तयारी गरेको छ।

फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले कारबाही गरेर निष्कासन गरेमा उनीहरुको सांसद पद गुम्नेछ।

चार सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मत दिएका थिए। फ्लोर क्रस गर्ने चारै सांसद एमालेको माधवकुमार समूहका हुन्।

Next Post

कर्णालीमा मन्त्री मण्डल विस्तार , एमाले नेपाल समुहबाट तीन जना मन्त्री

३ बैशाख २०७८, शुक्रबार २०:२७
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री मण्डल विस्तार गरेकाछन । शनिबार साँझ विस्तार गरेकाे मन्त्री मण्डलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरू अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही मन्त्री बनेका छन् । थापा भौतिक पूर्वाधार विकासमन्त्री, बुढा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा शाही उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री […]