भारतीय सेनाका सेनापति द्विवेदीलाई नेपाली सेनाकाे मानार्थ महारथी उपाधी प्रदान

हिमशिखर सम्वाददाता काठमाण्डौ ५ मंसिर २०८१, बिहीबार १६:४३

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाका सेनापति उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले भारतीय सेनापति द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका हुन्।

उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायतकाे उपस्थिति रहेकाे थियाे।

भारतीय सेनापति द्विवेदी नेपाली सेनाकाे प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार नेपाल भ्रमणमा आएका हुन ।

Next Post

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ ब्रजिलबाट स्वदेस फिर्ता

५ मंसिर २०८१, बिहीबार १६:४३
स्थानीय समयअनुसार, नोभेम्बर २१ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९औं जी(२० शिखर सम्मेलनमा भाग लिई ब्राजिलको राजकीय भ्रमण पूरा गरी विशेष विमानद्वारा ब्रासिलियाबाट स्वदेश फर्कीएकाछन ।चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ लाई ब्राजिलका कृषिमन्त्री, खानी तथा ऊर्जामन्त्री, बन्दरगाह तथा विमानस्थलमन्त्री र ब्रासिलिया एयर बेसका कमान्डर लगायतका वरिष्ठ अधिकारीहरुले विमानस्थलमा पुगेर बिदाइ […]