उपराष्ट्रपति चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु

हिमशिखर सम्वाददाता काठमाण्डौ १ चैत्र २०७९, बुधबार ०८:०८

उपराष्ट्रपतिको चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ । उपराष्ट्रपति पदका लागि पर्सि ३ गते मतदान हुँदैछ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेधको अवधि लागू भएको आयोगले जनाएको हो ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । आचारसंहिताबमोजिम चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

उपराष्ट्रपति पदको चुनावका लागि अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएको छ । प्रमिलाकुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसक्नुभएको छ ।

Next Post

उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय

१ चैत्र २०७९, बुधबार ०८:०८
नेपाली कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत ३ गते हुने निर्वाचनमा यादवको पक्षमा मतदान गर्ने निर्णय गरेकाे प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। बैठकले आगामी वैशाख १० […]