जुम्लाको पातारासि गाउँपालिका वडा नम्वर ६ काे घाेडासिन गाउँमा रहेकाे गैडापातल सामुदायिक वन र नाैमुडे सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । “जलेकाे वन, रून्छ मन, बिरुवा राेपि जाेगाउ वन ” भन्ने नाराका साथ वनमा वृक्षरोपण गरिएको हाे । नाैमुडे सामुदायिक वन उपभोक्ता समिति , गैडापातल सामुदायिक वन उपभोक्ता समितिकाे संयुक्त आयाेजनामा वनमा ४ हजार सल्लाका बिरुवा राेपिएकाे हाे । आफ्नै वन बाट बाक्लो बिरुवा छानी वृक्षरोपण गरिएको हाे । २०८० साल बैशाख महिनाकाे १३ अचानक वनमा आगलागी हुदा ठुलाृ मात्रामा वनमा क्षेती भएकाृ थियाे । उक्त वनलाई हराभरा बनाउनकाे वनमा ४ हजार सल्लाका बिरुवा राेपिएकाे नाैमुडे सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष जानू कठायत/ बाेहाेराले बताउनुभयो ।
उहाँका अनुसार आगलागीका कारणले सखाप भएकाे वनमा स्थानीयकाे सक्रियता र गैडापातल सामुदायिक वन र नाैमुडे सामुदायिक वनकाे संयुक्त पहलमा वृक्षरोपण गरिएको बताउनुभयाे । यस्तै गैडापातल सामुदायिक वन उपभोक्ता समितिकि अध्यक्ष गीता बुढाका अनुसमर आगलागीका कारणले नष्ट भएकाे वनमा सबैकाे साथ सहयोगले वृक्षरोपण गर्न पाउँदा खुसि लागेकाे बताउनुभयो । अब आगामी दिनमा वृक्षरोपण गरिएका बिरुवा लाई कसरी हुर्काउने हाे भन्ने विषयमा हामी सबै जाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै पातारासि गाउँपालिकाकि उपाध्यक्ष जनमायाँ राेकायाले वृक्षरोपणले वन हराभरा हुने बताउनुभएको । उहाँका अनुसार अन्य वडा भन्दा ६ नम्बर वडा सबै हिसाबमा अब्बल रहेकाृ सुनाउनुभयो । उहाँले भन्नुभयो, आफ्नाे कार्यकालमा दुबै वनलाई सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भयाे । कार्यक्रममा उहाँले नाैमुडे सामुदायिक वन र गैडापातल सामुदायिक वनलाई १/१ लाख रूपैया उपाध्यक्ष काेष बाट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुका साथै विभिन्न क्षेमता अभिबृद्वीका कार्यक्रम समेत दिने बताउनुभयाे । उहाँका अनुसार वृक्षरोपण गर्नु महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले बिरुवा रोप्न मात्र नभइ संरक्षण र त्यसबाट उपलब्धि प्राप्त गर्नुपर्नेमा जोड दिनुभयाे ।
यस्तै घाेडासिन गाउँका समाजसेवी जनक बुढालृ वन उपभोक्ता समूहको मेहनत, जनप्रतिनिधिको सहयोग र वन कार्यालयको प्रविधिसहित त्रिकोणात्मक सहकार्यबाट मात्र सामुदायिक वनबाट समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । यस्तै अर्का समाजसेवी युवा ऐन बहादुर कठायतले वनमा गरिएको वृक्षरोपण जाेगाउन हामी लाग्नु पर्ने बताउनुभयो । उहाँका अनुसार एकै दिनमा ४ हजार बिरुवा राेप्नु चानचुने विषय नभएको बताउनुभयो । उहाँलृ भन्नुभयो, वृक्षरोपण कार्यक्रममा सहभागी हुने स्थानीय नागरिक, जनप्रतिनिधि, र दुबै वन उपभोक्ता समितिका पदाधिकारी प्रति आभारी भएकाे बताउनुभयो ।