नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

के .बि अछुत १८ असार २०८१, मंगलवार १४:४०

काठमाडौं । सत्ता गठबन्धन दल राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको छ । रास्वपा सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्न लाग्दा डराएर भ्रष्टाचारीलाई जोगाउन समीकरण फेरेको आरोप लगाउनुभएको छ ।

सत्ता सहकार्य गर्ने कांग्रेस र एमालेको सहमतिपछि आज बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो । बैठकले कांग्रेस-एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ ।

रास्वपाले अहिलेको राजनीतिक घटनाक्रमलाई अस्वभाविक भनेको छ ।

Next Post

प्रचण्डलाई तत्काल राजीनामा दिन एमालेको धम्की

१८ असार २०८१, मंगलवार १४:४०
काँग्रेससँग सरकार बनाउने सहमतिपछि नेकपा एमालेले तत्काल मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएको छ। मंगलबार बसेकाे एमालेको सचिवालय बैठकले संविधानको धारा ७६ (२)अनुसार सरकार निर्माणका लागि भाेलि (बुधबार)सम्म प्रचण्डलाई सरकार छाड्न चेतावनी दिएको हो। यद्यपी यो समाचार तयार पर्दासम्म एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता […]