जुम्लाका ६० वटा वडामध्ये ९ वडा बालविवाह मुक्त घोषणा भएकाछन् । बाल विवाह विरुद्धको साझ अभियान संजाल जुम्लाले शनिबार जिल्लामा पत्रकार भेटघाट कार्यक्रममा मार्फत याे तथ्यांक सार्वजनिक गरेको हाे।
![](https://himshikharonline.com/wp-content/uploads/2024/11/IMG-20241130-WA0001.jpg)
साझ अभियान संजाल जुम्लाका संयाेजक मानदत्त रावतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार सिंजा गाउँपालिकाकाे विगत ४ वर्षको तथ्यांक अनुसार सन् २०२० मा ७९ प्रतिशत, २०२१ मा ७३ प्रतिशत, २०२२ मा ४८ प्रतिशत र २०२३ मा २६ प्रतिशत बालविवाह गर्ने तथ्यांक रहेको छ । कनकासुन्दरी गाउँपालिकामा सन् २०२० मा ५८ प्रतिशत, ३०२१ मा ६० प्रतिशत, २०२२ मा २५ प्रतिशत र २०२३ मा १३ प्रतिशत बालविवाह गर्नेको तथ्यांक छ ।
यस्तै हिमा गाउँपालिकामा सन् २०२० मा ७६ प्रतिशत, ०२१ मा ७० प्रतिशत, २०२२ मा २५ प्रतिशत र २०२३ मा २२ प्रतिशत बालविवाह गर्नेको तथ्यांक रहेको संजालका संयाेजक रावलले विज्ञप्तिमार्फ जानकारी गरेकाछन्।
सवै स्थानीय तहका महिला बालबालिका शाखाले सरोकारवाला निकाय गैरसरकारी संस्थासँग समन्वय सहकार्य गरी बालविवाह न्यूनिकरण गर्नका लागि सचेतामुलक क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।
पातारासी गाउँपालिमा पछिल्लो एक वर्षको अवधिमा ७० जोडी विवाह गरेको तथ्यांक छ । यस मध्ये ६० जोडीले उमेर पुगेर विवाह गरेका छन् भने १० जोडीले उमेर नपुगी विवाह गर्ने गरेका छन् । तातोपानी गाउँपालिकामा १५ वटा बालविवाहका घटना भएपनि धेरैजसो उमेर नपुगी विवाह भएको जोडीको विवाह रोकिएको छ । सम्झाई बुझाई अभिभावकको जिम्मा लिएको छ ।
चन्दननाथ नगरपालिकामा गतवर्ष ६ वटा र यस आर्थिक वर्षमा २ वटा बालविवाह रोकिएका छन् । उमेर नपुगी विवाह गर्ने जोडीलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाउने काम भएको छ ।
बालविवाह मुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका– ४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिंजा गाउँपालिका – २, ४ र ६, हिमा गाउँपालिका–१रहेको बाल विवाह विरुद्धको साझ अभियान संजाल जुम्लाले विज्ञप्तिमार्फ जानकारी गरेको छ।बाल विवाह विरुद्धको साझ अभियान संजाल जुम्लाले जारी गरेको प्रेस विज्ञप्ति