रवि लामिछाने अनागरिक होइनन् : रविन्द्र मिश्र

हिमशिखर संवाददाता १४ माघ २०७९, शनिबार १९:१०

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले रवि लामिछाने अनागरिक नरहेको टिप्पणी गरेका छन्।

धेरैले रवि लामिछाने अनागरिक, राज्य विहिन भएको टिप्पणी गरेको देखिएको भन्दै मिश्रले उनी अनागरिक, राज्यविहीन नभएको टिप्पणी गरेका हुन्।

मिश्रले नेपालको संविधान, पृष्ठ ४ मा ‘नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुने भन्दै उनी अनागरिक, राज्यविहीन नभएको सामाजिक सञ्जालमा लेखेका छन्।

उनले लेखेका छन्, ‘धेरैले रवि लामिछाने अनागरिकरराज्य विहिन भएको टिप्पणी गरेको देखियो। नेपालको संविधान, पृष्ठ ४ मा ‘नेपालको नागरिकता… प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्’ लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिक र राज्यविहीन होइनन्।’

Next Post

गायक प्रमोद खरेलको कन्सर्टको भीडमा एक दर्जनभन्दा बढी घाइते, तीन जनाको अवस्था गम्भीर

१४ माघ २०७९, शनिबार १९:१०
चर्चित गायक प्रमोद खरेल सहभागी धनकुटा महोत्सवमा अत्याधिक भीड हुँदा च्यापिएर दर्जनबढी घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। महोत्सवमा टिकट नकाटी कार्यक्रमस्थल प्रवेश गर्न खोज्नेलाई आयोजक पक्षले गेटमा रोक्न खोजेपछि झडप भएको बताइएको छ। झडपपछि भागदौड मच्चिँदा महोत्सव हेर्न आएका दर्जनबढी दर्शक च्यापिएर घाइते […]