तिलाकाे देउली पाटनमा चट्याङ पर्दा सयौँ भेडाबाख्रा मरे

महेश चाैलागाँई १५ श्रावण २०८१, मंगलवार १७:२६

जुम्ला तिला गाउँपालिका वडा नम्बर ६ को देउली पाटनमा मंगलबार दिउसो करिब १२ बजेतिर चट्याङ पर्दा तिला ७ का ८ जना किसानका सयौँ भेडाबाख्रा मरेका छन् । वडा नम्बर ७ पोख्रीका भीम वहादुर रोकाया, लालसिंह रोकाया, काली बहादुर रोकाया, बिर वहादुर रोकाया, बल वहादुर रोकाया, काली बहादुर बोहोरा, नैने बुढा र राम बहादुर रोकायाका भेडाबाख्रा मरेको अध्यक्ष मोतिलाल रोकायाले बताउनु भयो ।

गोठाला लालसिंह रोकाया चट्याङले गर्दा घाईते भएको अपुष्ट खबर प्राप्त भएको उहाँको भनाइ छ । चट्याङ परेको देउली पाटनमा प्रहरी र स्थानीय नागरिक गई सकेको अध्यक्ष रोकायाले बताउनु भयो । पाटनमा जान करिब ९ देखि १० घण्टाको सम्म लाग्ने अध्यक्ष रोकायाले बताउनु भयो ।

चट्याङबाट भएको क्षतिको विवरण आधिकारिक प्राप्त भएमा स्थानीय सरकारका तर्फबाट माथिल्लो निकायमा पहल गरिने उहाँले बताउनु भयो ।

 

Next Post

बर्दियाको ठाकुरबाबामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना रीयल प्लान विषयक १ दिने प्रधानाध्यापकहरुको क्षमता विकास गोष्ठि संचालन

१५ श्रावण २०८१, मंगलवार १७:२६
ठाकुरबाबा नगरपालिकामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना रीयल प्लान विषयक १ दिने प्रधानाध्यापकहरुको क्षमता विकास गोष्ठि संचालन गरिएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना संचालित गोष्ठि प्लान इन्टरनेश्नल नेपालको साझेदारी तथा भेरी वातावरणीय विशिष्टता समुह विग्रुप र राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाको आर्थिक सहयोग संचालन गरिएको भेरी वातावरणीय विशिष्टता समुह […]