नेपाल र बंगलादेशबीच जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफ ०-० को अवस्थामा सकिएको हो । दुबै टोलीले गोलका लागि केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
खेलको ९ मिनेटमा नेपालले पहिलो मौका चुकायो । डिफेण्डर अमृता जैशीले अगाडी बढेर डिबक्स बाहिरबाट हानेको प्रहार गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो । १०औं मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बुले डिबक्स बाहिरबाट हानेको प्रहार चक्माले बाहिर पन्च गरिन् ।
खेलको ७ मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो अवसर गुमायो । गोलकिपर अन्जना रानाले डिबक्स भित्र फुत्काएको बललाई श्रीमोती सर्कारले खाली पोस्टमा गोल गर्न सकिनन् । उनको प्रहार अघिनै डिफेण्डर गीता रानाले बल खोसेकी थिइन् । खेलको ३० मिनेटमा बंगलादेशकी श्रीमोती सर्कारले डिबक्स बाहिरबाट हानेको प्रहार क्रसबारमाथि लागेर बाहिरियो ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटिको कप्तानीमा पहिलो मैत्रीपूर्ण खेलबाट तीन खेलाडी परिवर्तन गरेका छन् । गोलकिपर अन्जना राना मगर, रश्मि घिसिङ र अनिता बस्नेतले सुरुवाती-११ मा स्थान बनाएका छन् । यसअघिको खेलमा एन्जिला तुम्बापो सुब्बा, मन्जली कुमारी योन्जन र सबिता राना मगरलाई माैका दिइएको थियो ।
यसअघि पहिलो मैत्रीपुर्ण खेलमा नेपालले बगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । एएफसी महिला एसिया कप-२०२२ छनोटको तयारीका लागि नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेलेका हुन् ।
उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससङ २ असोज र हङकङ सङ ५ असोजमा खेल्नेछ ।
नेपाली टीम त्यसतर्फ भोलि (सोमबार) प्रस्थान गर्नेछ