कालिकोटका भुपेन्द्रकाे पिडा: बुवा इन्डिया आमा पाेइल ठुलाे बुवाले हात भाचिदिय

महेश चाैलागाँई २८ भाद्र २०७८, सोमबार १२:५०

कालिकाेट खाँडाचक्र नगरपालिका -६ दाहाका भुपेन्द्र शाही तीन दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका छन्। उनकाे बायाँ हात दुई ठाउँ भाचिएकाे छ। बायाँ आँखाकाे किनारमा गहिराे गरि खाेपिएकाे छ भने दायाँ नाडीमा डाेरीले बाँधेकाे रेखा काटिएकाे घाउमा धेरै टाँका लगाएजस्ताे गरि खत बसेका छन्।

भुपेन्द्रकाे पीडा : बुबा इन्डिया काम गर्न गए तीन वर्षकाे हुदा आमाले छाेडेर अर्काे बिहे गरिन। बाबू इन्डियाबाट आएपछि अर्की बिहे गरेर पुन: इन्डिया लागे।

आइतबार साँझ प्रतिष्ठानकाे सर्जरि वार्ड बेड नम्बर ३० मा पुग्दा उनी जुस पिइरहेका थिए
घाउ सुकिसकेकाले सहजै अनुमान लगाउन सकिन्थ्यो अलि अगाडि नै उनलाई बाँधेर राखिने गरिएकाे रहेछ। तर हातमा टाँका लगाएजस्ता खत बसेका थिए।

ठुला ड्याडीले हँसियाकाे उल्टाे पट्टीले हानेर आँखा खाेपिएकाे हाे,’ उनले भने, ‘कुटेर हात भाचियाे। किन कुटे मलाई थाहा छैन भुपेन्द्र शाहि

उनकाे बायाँ आँखा र बायाँ हातकाे चाेट भने आलाे छ। आठ वर्षका भुपेन्द्रका अनुसार उनका ठुला ड्याडी जगदीश शाहीले कुटेर हात भाचिएकाे हाे भने आँखाका हँसियाले हानेर खाेपिएकाे हाे।

‘ठुला ड्याडीले हँसियाकाे उल्टाे पट्टीले हानेर आँखा खाेपिएकाे हाे, कुटेर हात भाचियाे। किन कुटे मलाई थाहा छैन।: पिडित बालक भुपेन्द्र शाही

उनका कुरुवाका रुपमा कालिकाेटबाट आएका राजेन्द्र शाहीका अनुसार उनी जन्मेपछि भुपेन्द्रका बुबा इन्डिया काम गर्न गएका थिए। उनी दुई तीन वर्षकाे हुनेबेला उनकी आमाले छाेडेर अर्काे बिहे गरिन। बाबू इन्डियाबाट आएपछि अर्की बिहे गरेर पुन: इन्डिया लागे। उनकाे घरमा काेही थिएनन्। उनी एक्ला भए।
ठुला ड्याडीले हँसियाकाे उल्टाे पट्टीले हानेर आँखा खाेपिएकाे हाे, कुटेर हात भाचियाे। किन कुटे मलाई थाहा छैन।’: पिडित बालक भुपेन्द्र शाही
पछि उनी मामाकाे घरमा बस्न लागे। मामाकाे घरमा बसिरहेको बेला उनका ठुला बाबा जगदीश शाहीले लालन, पालन गर्ने भनी आफ्नाे घर ल्याएर राखे।

‘पुरै घटना त मलाई पनि थाहा छैन। उनलाई साेध्याे भने ठुला बाबाले कुटेर यस्ता भएकाे भन्छन्। ठुला बाबालाई साेध्दा मैले हानेकाे हाेइन, पिट्छु भन्दा डरले भाग्दा खेरी लडेकाे हाे भन्छन्,’ राजेन्द्रले भने, ‘वडा नम्बर ६ का अध्यक्ष जगदीश शाही लगायत हामीले उसका ठुला बुबालाई किन यसरी पिटेकाे भनी साेधेका थियौं। पहिले देखि घरका केटाकेटीलाई कुट्ने गरेकाे थिए। तर उसलाई मैले कुटेको हाेइन भने।’
भुपेन्द्रलाई सामाजिक सचेतना केन्द्र साेसेक कालिकोटमा कार्यरत दैलेखकी शसी श्रेष्ठले शक्रबार साँझ जुम्ला अस्पताल ल्याइ उपचार गर्न सहयोग गरेकी हुन।
उनका अनुसार भुपेन्द्रकाे हात भाचिएपछि स्थानीय उपचार पद्धति अनुसार भाचिएकाे हातमा धन शाही नाम गरेका एक जना मान्छेले निगालाेले हात बाँधेर काप्रा लगाइदिए थिए। काप्रा लगाएकाे हातमा एक्लै ढुलिरहेकाे अवस्थामा गाउँकै टाेप बहादुर शाहीले भेटाएर कहाँ जान लागेकाे भनी साेधेका रहेछन्। भुपेन्द्रले त्यसकाे जवाफ मामा घर जान लागेकाे भनी दिएछन्।

उनलाई भुपेन्द्रकाे अवस्था एकदम दयनीय लागेछ। उनले सामुदायिक सेवा केन्द्रमा ल्याइ उद्दार गरिदिनका लागि आग्रह गरे। उनकै आग्रह अनुसार श्रेष्ठकाे संस्थाले नगरपालिकासँग कुरा गरेर एम्बुलेन्सकाे व्यवस्था गरि प्रतिष्ठानमा उपाचारका लागि ल्याइएकाे थियाे।

‘बाबुसँग काे जाने भन्ने विषयमा छलफल भएपछि उनका छिमेकी दाईसँग‌ म यता ल्याउने कार्यक्रम तय भएको हाे,’ श्रेष्ठले भनिन्, ‘हामीले थाहा पाएकाे बाबुले भनेपछि हाे। कसरी यस्ताे अवस्था भयाे त्याे पिट्ने मान्छेलाई थाहा हाेला। हामीले त बाबुले भने अनुसार मात्रै भन्ने हाे

Next Post

सभामुख सापकोटाले डाकेको बैठकमा एमाले अध्यक्ष केपी ओलीअनुपस्थित

२८ भाद्र २०७८, सोमबार १२:५०
सभामुख अग्निप्रसाद सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । सदनको गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सहभागिता जनाएको छैन । अध्यक्ष केपी ओलीलाई डाकिएको भए पनि उनी सहभागी भएनन् […]