सभामुख सापकोटाले डाकेको बैठकमा एमाले अध्यक्ष केपी ओलीअनुपस्थित

हिमशिखर संवाददाता २८ भाद्र २०७८, सोमबार १७:०६

सभामुख अग्निप्रसाद सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

सदनको गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सहभागिता जनाएको छैन । अध्यक्ष केपी ओलीलाई डाकिएको भए पनि उनी सहभागी भएनन् ।

प्रमुख प्रतिपक्षी दलले बहिस्कार गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख सापकोटा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका नेता प्रेम सुवाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

आफूले कारबाही गरेका १४ सांसदको सूचना पाटीमा टाँस नगरेसम्म एमालेले सदन अवरुद्ध गर्ने अडान राखेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन्

Next Post

एमालेको सहमतिमै संसदमा पेस भएका विधेयकहरू पारित गर्छाै: अर्थमन्त्री शर्मा

२८ भाद्र २०७८, सोमबार १७:०६
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । एमाले सांसदहरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकसहित विभिन्न अर्थसम्बन्धी विधेयक पेस भएका छन् । एमालेलाई सहमतिमा ल्याएर सो विधेयक पारित गर्ने अर्थमन्त्री शर्माले बताएका हुन् । ‘सहमतिका लागि […]