वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर-।। आयोजना अन्तर्गत कोभिड-१९द्वारा प्रभावित ४२० घरधुरीका सदस्यहरुलाइ खाध्यन्न वितरण गरिएको छ। उक्त खाध्यन्न बितरण तिला गाउपालिका, तातोपानी गाउँ पालिका चन्दननाथ गाउपालिका, गुठीचौर गाउपालिका र पातारासी गाउँपालिमा गरिएको छ।
उक्त राहतको प्याकेज नेपाल सरकारको मापदण्ड अनुरुप वितरण गरिएको थियो। राहत प्याकेजमा ३० केजिको सोना मन्सुली मसिनो चामल, ३ केजि दाल, २ केजि चिनी, २ लिटर तेल, २ केजि नुन र ४ वटा साबुन रहेको थियो। उक्त राहतमा प्रतिव्यक्ती ३२८७.५६ का दरले पर्न आएको थियो भने ४२० जनालाइ वितरण गरिएको खाध्यन्नको लागत १३,८०,८१३ रुपैयाँ बराबरको सहयोग गरिएको जानकारी फिल्ड कार्यक्रम प्रबन्धक भेष बहादुर रावलले बताए।
किडार्क नेपाल जुम्लाले वर्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा झन्डै यो साल भित्र कोरोना प्रभावित घरधुरीको व्यवसाय पुन स्थापनाको लागि, कृषि पेशालाइ प्रवर्द्धन गर्दै जिविकोपार्जनको लागि, राहत सामग्री तथा खाध्यन्न वितरणमा झन्डै ४ करोडको हाराहारी खर्च गरेको छ भने वर्ड भिजन ईन्टरनेशनल नेपाल र किडार्क नेपालको साझेदारीमा यस्ता क्रियाकलाप तथा राहत वितरणको कार्य निरन्तर रहेको कुरा किडार्क नेपालका जिल्ला संयोजक रेशम बहादुर शाही र फिल्ड कार्यक्रम प्रबन्धक भेष बहादुर रावलले जानकारी गराए ।