सर्वोच्चकाे फैसलाकाे असर समयको कसीमा परीक्षण हुनेछ: निवर्तमान प्रधानमन्त्री ओली

हिमशिखर संवाददाता २९ असार २०७८, मंगलवार १८:३४

निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले गरेको फैसलाको असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहने बताएका छन् ।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्चकाे फैसलाले के–कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै  फैसला पालना गर्ने बताए ।
नेपालको संविधान अक्षरहरूको संगालो मात्र नभएर दशकौँ लामो पसिना र संघर्षको दस्ताबेज हो भन्दै संविधानको रक्षाका लागि सबैकाे चासो र चिन्ता हुनुपर्नेमा जोड दिए ।

Next Post

किर्डाक नेपालद्वारा २ हजार स्वअध्ययन सामाग्री र १सय ९९ हाइजिनकिट वितरण

२९ असार २०७८, मंगलवार १८:३४
किर्डाक नेपालद्वारा २ हजार बालबालिकालाई स्वअध्यन सामाग्री वितरण गरिएको छ । वर्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किडार्क ) नेपाल जुम्लाको साझेदारीमा संचालित कभर–।। आयोजना अन्तर्गत कोभिड–१९द्वारा प्रभावित बालबालिकाहरुलाई स्वअध्यान सामाग्री वितरण गरिएकाे किर्डाक नेपाल जुम्लाले जनाएकाे छ । जुम्लाकाे  चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठीचौर […]