डोरीले बाँधेर अमानवीय तरिकाले बालकलाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष  पक्राउ

हिमशिखर संवाददाता २१ श्रावण २०७८, बिहीबार १७:५५

डोरीले बाँधेर अमानवीय तरिकाले बालकलाई कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई   पक्राउ गरेकाछन ।

पक्राउ परेका वडाध्यक्ष नेपालीलाई सदरमुकामतर्फ ल्याउने काम भइरहेको निमित्त जिल्ला प्रहरी प्रमुख खुमानन्द पाण्डेले बताए ।

घटनास्थल सदरमुकामबाट करिब ८० किलोमिटर टाढा भएकाले सदरमुकाम पुग्न केही समय लाग्ने पाण्डेले बताए। ‘पीडितलाई पनि बोलाएका छौं। यस घटनालाई प्रहरीले गम्भीररुपमा लिएको छ । घटनाको छानवीन गरी कारवाही प्रक्रिया अघि बढ्छ,’उनले भने। वडाध्यक्ष नेपालीको धम्की र डरकै कारण पिडितले अहिलेसम्म घटनाबारे कतै उजुरी दिएका छैनन् ।

गत साउन १५ गते वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा भ्रष्टाचार गर्न पाइदैन भन्दै जाँड खाएर होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले सोही ठाउँका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए।

घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई उल्टै आइन्दा यस्तो नगर्ने भन्दै माफी माग्नलगाई कागज गराएर आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए ।
प्रहरीले मिडिया र अधिकारकर्मीको चर्को दबाव थेग्न नसकेपछि बल्ल बिहीबार पक्राउ गरेको हो ।

Next Post

आगामी पाँच महिनामा झण्डै २ लाख नयाँ संक्रमित थपिने स्वास्थ मन्त्रालयकाे प्रक्षेपण

२१ श्रावण २०७८, बिहीबार १७:५५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरस संक्रमणको पाँचमहिने प्रक्षेपण संसदीय समितिमा पेस गरेको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यो प्रक्षेपण पेस गरिएको हो । उक्त प्रक्षेपणअनुसार नेपालमा आगामी पाँच महिनामा एक लाख ९३ हजार आठ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना छ । जसमध्ये ३८ हजार […]