३९ दिन हुदाँ पनि खुलेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ताला

पुष्पा बिष्ट ७ मंसिर २०७७, आईतवार ०८:१६

जुम्ला: कर्णाली  स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे शैक्षिक र प्रशासन फाँटमा ३९ दिनदेखि तालाबन्दी गरिएको छ। तालाबन्दीका कारण कामकाज ठप्प भएको छ भने शैक्षिक कार्यक्रम पनि प्रभावित भएका छन्।

प्रतिष्ठानको काठमाडौंस्थित सम्पर्क कार्यालयबाट उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले मुनिराज क्षेत्रीलाई जनस्वास्थ्य संकायको डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका थिए।

अनावश्यक रुपमा डिन नियुक्त गरिएको अान्दाेलनरथ कर्मचारीले बताएका छन्। प्रतिष्ठानलाई अनावश्यक रुपमा अार्थिक भार थपेकाे कारण देखाउँदै २८ असोजमा उनीहरुले तालाबन्दी गरेका थिए।

अहिले प्रतिष्ठानमा ३० विद्यार्थी अध्ययनरत रहेकाे प्रतिष्ठानमा दुईजना डिन यसअघि नै नियुक्त भएकाले तेस्रो डिन आवश्यक नभएको कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बताए।

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक÷एकजना डिन मात्रै छन्,’ उनले भने, ‘आफ्ना मान्छेलाई काम दिन तेस्रो डिन नियुक्त गरिएको हाे। यसबाट प्रतिष्ठानलाई आर्थिक भार र नाेक्सान बाहेक अरु कुनै फाइदा छैन।’

तर ताला लागेकाे ३९ दिनसम्म खोल्न पहल भएको छैन। हालसम्म उपकुलपति काठमाडौंबाट जुम्ला नफर्की उतैबाट काम गर्दै अाएका छन्। सरकारले एक वर्षअघि नै सम्पर्क कार्यालय हटाउन निर्देशन दिदा पनि उपकुलपतिले वेवास्ता गरेकाे अान्दोलनकारीकाे अाराेप छ।

परिणाम कर्मचारीले आन्दोलन फिर्ता लिएका छैनन् भने प्रतिष्ठानको कामकाज अस्तव्यस्त बनेको छ।

उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र प्रशासनमा तालाबन्दीले शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन्। एमबिबिएस पढाइ सुरु गर्ने प्रतिष्ठानको तयारी अलपत्र परेको प्रतिष्ठानले जनाएको छ।

उपकुपति प्रा.डा. वाग्ले जानकारी लिन खाेज्न पत्रकारकाे फोन सम्पर्कमा समेत अाएका छैनन्।

प्रशासन र लेखा शाखामा पनि तालाबन्दी गरिएका कारण स्वास्थ्यकर्मीसहित कर्मचारीले दसैँ र तिहारमा समेत तलब नपाएको गुनासो छ। प्रतिष्ठानमा करिब तीन सय ५० जना कर्मचारी छन् कार्यरत छन्।

Next Post

मुगुमा आगलागीबाट ५ घर जले, ३० लाख बरावरकाे क्षति

७ मंसिर २०७७, आईतवार ०८:१६
मुगु: खत्याड गाउँपालिका–३ रोल गाउँमा बिहीबार दिउँसो आगलागी हुँदा पाँच वटा घर जलेका छन । एक्कासि घरबाट सल्किएको आगोले रोल गाउँका हस्तबहादुर शाही, होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । खत्याड गाउपालिका वडा नं ३ […]