मुगुमा आगलागीबाट ५ घर जले, ३० लाख बरावरकाे क्षति

रबि नेपाली ११ मंसिर २०७७, बिहीबार २३:५०

मुगु: खत्याड गाउँपालिका–३ रोल गाउँमा बिहीबार दिउँसो आगलागी हुँदा पाँच वटा घर जलेका छन ।

एक्कासि घरबाट सल्किएको आगोले रोल गाउँका हस्तबहादुर शाही, होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

खत्याड गाउपालिका वडा नं ३ का सुनकौरा सिंहको दाहिने हात सामान्य रुपमा जलेको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए ।

आगलागीबाट करिबकरिब  ३० लाख बरबरको क्षति  भएको प्रहरी निरिक्षक विकले जानकारी दिए ।  श्रीकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु सेजुवालको नेतृत्वमा खटिएको टाेली, रोल श्रीकोट र सैन गाउँका स्थानीयको सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे छ ।

Next Post

के तपाई रारा आउदै हुनुहुन्छ ? राराको (फोटोफिचर )

११ मंसिर २०७७, बिहीबार २३:५०
मुगु: कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल हो रारा । यति बेला रारामा घुम्न आउनेको संख्यामा वृद्धि भएको छ । रारा घुम्न आउने लाई मन नभएको होईन । मन त छ तर यति मात्र होकि रारा कसरी जाने , रारा पुगे पछि कस्ता कस्ता ठाउहरु अवलोकन गर्न पाईन्छ भनेर प्राय सबै […]