जुम्ला जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ को प्रगति चालू आर्थिक बर्षममा कूल दर्ता भएका मुद्वाकाे६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट गरेकाे छ । जिल्ला अदालतले चालू आर्थिक बर्षकाे प्रगति विवरण सार्वजनिक गर्ने उद्देश्यले एक विशेष अन्तर्क्रिया कार्यक्रममा जिल्ला अदालतले जानकारी गराएकाे हाे ।
अदालत परिसरमा आयोजित उक्त कार्यक्रममा जुम्लामा कार्यरत सञ्चारकर्मीहरूसँग अदालतले प्रत्यक्ष संवाद गर्दै आफ्नो वार्षिक प्रगति, चुनौती र भावी योजना बारे जानकारी गराएकाे थियाे ।
कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१/८२ मा जिल्ला अदालतमा आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका १९२ र गत वर्षकाे जिम्मेवारी सरि आएका ११९ गरि कुल ३११ वटा मुद्दा दर्ता भएका थिए ।
जस मध्य चालू आर्थिक वर्षकाे असार मसान्त सम्म कुल दर्ता भएका मुद्वा मध्य २१३ वटा अर्थात ६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट भएकाे अदालत स्राेतले जानकारी दिएकाे छ । प्रतिवदेननुसार हाल ९८ वटा मुद्दा बाँकी रहेका छन् । ती आगामी आवकाे लागि जिम्मेवारी समेत सरेका छन् ।
तीन वर्षकाे तुलनात्मक अबस्था
आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म तीन वर्षकाे तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएकाे देखिन्छ अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल ३७६ मुद्वा दर्ता भएकाेमा फर्याैट २२८ भएका छन् भने बाँकि १४८ मुद्दा छन् ।
त्यस्तै आर्थिक वर्ष २०८०/८१ कूल ३१२ वटा मुद्वा दर्ता भएकाेमा अन्तिम सम्म फर्याैट १९३ वटा मुद्दा फर्छ्यौट भएका छन् । भने ११९ वटा मुद्वा फर्याैट हुन बाँकि रहेेका छन् ।
साथै आर्थिक वर्ष २०८१/८२ मा ३११ वटा मुद्दा दर्ता हुदा २१३ फर्याैट भएका छन् । मुद्वा दर्ता संख्या यश वर्ष कम भएपनि फर्छ्यौटदर भने विगत दुई वर्षकाे भन्दा बढी रहेकाे छ ।
कुल ५३ वटा मुद्वा मध्य ३८ वटाकाे फैसला कार्यान्वय भएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश आनन्द राज पन्तले अदालतको सेवा प्रवाह, मुद्दा समाधानको अवस्था, सूचनाको पहुँच र पारदर्शिताबारे प्रकाश पार्दै सञ्चारकर्मीहरूलाई न्याय सम्पादनको प्रक्रियामा सहकार्य गर्न आग्रह गरे। साथै, उनले न्यायलय र सञ्चारकर्मीबीचको सहकार्यले न्यायमा जनताको पहुँच विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै अदालतले आगामी दिनमा यस्ता अन्तर्क्रिया कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्ने प्रतिवद्धता जनाएको छ।



