जुम्लामा भालुकाे आक्रमण बाट एकजनाको मृत्यु

रबि नेपाली १७ आश्विन २०७८, आईतवार २१:०१

जुम्लामा भालुकाे आक्रमण बाट गुठिचाैर गाउँपालिका वडा नम्वर ३ दामदासेका ६५ वर्षिय हिमा लामाकाे मृत्यु भएकाे छ ।

आज साँज ५ बजे गुठिचाैर ५ काे झारज्वालामा भालुकाे आक्रमणबाट लामाकाे मृत्युु भएकाे प्रहरीले जनाएकोछ ।

गाउमा पसेर आतंक सृजना गरेकाे कारण भालुलाई गाेलिहानेर मारिएकाे जनाइएकाे छ ।

मृतककाे सवलाई पाेष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

Next Post

अन्तिम समयमा नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन स्थगित

१७ आश्विन २०७८, आईतवार २१:०१
अन्तिम समयमा नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन स्थगित भएको छ । आज सोमबारका लागि तय भएको जिल्ला अधिवेशन निर्वाचन अधिकृत हसिना प्रधानको समय व्यवस्थापकाे कारण देखाउदै स्थगित गरिएको छ । आगामी कार्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएकाे त्यसमा पार्टी केन्द्रको निर्णयअनुसार १/२ दिन अघिपछि पनि हुन सक्ने नेपाली […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।