रास्वपामार्फत कुलमानको राजनीतिक यात्रा, सहमतिमा हस्ताक्षरको तयारी

महेश चाैलागाँई १४ पुष २०८२, सोमबार २१:१६

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिक यात्रा अघि बढाउन सहमत भएका छन्।

कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद् अशिम शाहको निवासमा जारी छलफलमा दुवै पक्षबीच सहमति जुटेको रास्वपाका एक नेताले जानकारी दिएका छन्।

उनका अनुसार सहमतिपत्रको मस्यौदा तयार गर्ने काम भइरहेको छ र केहीबेरमै हस्ताक्षर हुने तयारी छ। यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच छलफल चलिरहेको स्थानमा काउन्सिल अफ जेन–जीका सुधन गुरुङले कुलमान घिसिङलाई सहभागी गराएका थिए।

बौद्धस्थित एक होटलमा समानुपातिक सूची तयारीमा रहेका घिसिङलाई गुरुङले आफ्नो गाडीमार्फत रवि लामिछाने र बालेन्द्र शाह रहेको स्थानमा पुर्‍याएपछि तीनै जनाबीच संवाद भएको थियो। सोही संवादपछि सहमति जुटेको नेताहरूले बताएका छन्।

रास्वपा स्रोतका अनुसार कुलमान घिसिङलाई समानुपातिक सूचीमा १० प्रतिशत हिस्सा लिएर एकतामा आउन प्रस्ताव गरिएको छ। तर घिसिङ पक्षले भने ३० प्रतिशत हिस्सा माग गरेको थियो। यसअघि नै समानुपातिक सूचीमा बालेन्द्र पक्षलाई ४० प्रतिशत हिस्सा दिने सहमति भइसकेको स्रोतको दाबी छ

Next Post

उज्यालो नेपाल पार्टीद्वारा १८ समानुपातिक उम्मेदवार शुचि सार्वजनिक

१४ पुष २०८२, सोमबार २१:१६
साेमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले आफू पक्षीय १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ । साबिक उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू हाल निर्वाचन आयोगमा पुगेका छन् । उनीहरूले केहीबेरअघि मात्र रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । एकीकरणपछि उनीहरू […]