जुम्लामा वडाबाटै नुन वितरण शुरु

महेश चाैलागाँई ९ श्रावण २०८०, मंगलवार २०:४९

जुम्लामा वडाबाटै नुन वितरण शुरु भएकाे छ । नुन नपाइएको भन्दै उपभाेक्ताले साल्ट ट्रेडिङ कर्पाेरेशन कार्यालयमा तोडफोड गरेपछि वडाबाटै नुन वितरण शुरु भएकाे हाे ।

साल्ट ट्रेडिङ कार्यालयले वडामा नुन पठाउन शुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका हुन् । तातोपानी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रमान बुढाले वडाबाटै प्रतिघरधुरीलाई तीन केजी नुन वितरण गरेकाे बताउनुभयाे । उहाँका अनुसार साल्ट ट्रेडिङ कार्यालयले १५ क्विन्टल नुन उपलब्ध गराएको नुन वितरण गरिएको हो ।

कार्यालय प्रमुख खगेन्द्र मल्लले तातोपानीका १ देखि ७ नम्बर वडा, चन्दननाथको १, ७, ८ र ९ तथा गुठीचौरका २ र ४ वडाले प्रतिघरधुरी तीन केजी पर्ने गरी बुझेका बताउनुभयाे । प्रमुख मल्लका अनुसार अहिलेसम्म झन्डै तीन सय क्विन्टल नुन वडाले वितरणका लागि लगेका छन् ।

  • प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले उपभाेक्ताले नुनका लागि भिडमा लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट नुन वितरण गर्न निर्देशन दिएकाे बताउनुभयाे । साउने सङ्क्रान्तिका लागि गएकाे असार ३१ गते नुन लिन कार्यालयमा गएका उपभाेक्ताले नुन नपाएको भन्दै ढुङ्गामुढा गरेर कार्यालय तोडफोड गरेका थिए ।

Next Post

जुम्लामा लम्पी स्किन राेग नियन्त्रण बाहिर, गाई गाेरु धमाधम मर्दै, गाेठ रित्तिदै

९ श्रावण २०८०, मंगलवार २०:४९
  लम्पी स्किन राेगले जुम्ली किसानका गाेठ रित्तिन थालेका छन्। जुम्लाका आठै स्थानीय तहमा फैलिएकाे लम्पी स्किन राेगले गाई गाेरु धमाधम मर्न थालेका छन्। घरका हलगाेरु मरेपछि जग्गा जमिन बाँझाे भएकाे तातोपानी ७ सर्मीका किसान मुन बहादुर कुँवरले बताए। ‘घरका हलगाेरु मरिसके, गाउँमै गाेरू पाउन मुस्किल छ, जग्गा बाँझाे भइसक्याे, […]