आज बिहीबारदेखि दसैं सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि दसैं सुरू हुन्छ ।
आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ।
दसैंको पहिलो दिन घटस्थापना गरिन्छ। घटः स्थापना अर्थात घैंटो, घडा वा कलश स्थापना गर्नु नै घटस्थापनाको मूल अर्थ हो।
घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ।
आज बिहानै नित्यकर्म सकेर गाईको गोबरले पुजा कोठा अथवा जमरा राख्ने स्थानलाई शुद्धिकरण गरी शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौँ रोपिन्छ। यसलाई नै जमरा राख्ने भनिन्छ।