अस्पतालमा उपचाररत बिरामी जुगाडखोलामा मृत भेटिए

महेश चाैलागाँई ६ चैत्र २०७९, सोमबार १४:५२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारार्थ भर्ना भएका एक बिरामी अस्पताल नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् ।
तातोपानी गाउँपालिका– ५, लाम्राका ७३ वर्षीय लल्लु सार्की ६ दिनदेखि प्रतिष्ठानमा उपचार गराइरहेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार आइतबार राति साढे १२ बजेको समयमा उनी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएको जानकारी प्राप्त भएको छ ।अस्पताल बाहिर निस्केर उनी लडेको र बेहोस भएर खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिए ।

बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले खोजतलासका लागि प्रहरीको टोली परिचालन गरेको थियो । बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किनुमा अस्पतालको लापरबाही भएको आरोप लगाएका छन् । यद्यपि, लल्लु अस्पताल बाहिर निस्केको उनकै कुरुवा बसेकी श्रीमतीले समेत थाहा पाइनन् ।

Next Post

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासकाे मत

६ चैत्र २०७९, सोमबार १४:५२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार सम्पन्न मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले २ सय ७३ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये १ सय ७२ जनाकाे मत प्राप्त गरेका छन्। आजको बैठकमा २ सय ६२ जना उपस्थित थिए। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई […]