गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सत्तारुढ दलका विद्यार्थीको बालुवाटारमा प्रदर्शन

हिमशिखर संवाददाता १ श्रावण २०७९, आईतवार ११:२२

 गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारुढ दलका विद्यार्थीले बालुवाटारमा प्रदर्शन गरेका छन्।

राजीनामा माग्दै राष्ट्र बैंकको कार्यालय अगाडी पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ)  र अखिल क्रान्तिकारीले गरेको संयुक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारमा प्रदर्शन गरिरहेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरी सुरक्षा बढाइएको छ।

Next Post

जुम्लाको पातरासीमा विद्यालय भवन भत्किदा ४ जना घाइते

१ श्रावण २०७९, आईतवार ११:२२
जुम्लाको पातारासी गाउँपालिका–३ हुरीमहरीमा रहेको सरस्वती आधारभूत विद्यालयको भवन भत्किँदा चार जना विद्यार्थी घाइते भएका छन् । कक्षा सञ्चालन भइरहेको समयमा विद्यालय भवन भत्किएपछि विद्यार्थी घाइते भएका हुन् । शिक्षक डिल्ली बुढाका अनुसार घाइते हुनेमा कक्षा ३ र ४ का विद्यार्थी रहेका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर छ […]