जुम्ला १४ असार
जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ९ ले वडा भित्रका २ सय १० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । वडा नम्वर ९ का २ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको हो । कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष भिम बहादु रावतले जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
वडा अध्यक्ष रावतले कम्बल वितरण गर्दै भन्नूभयाे, जेष्ठनागरिकहरूलाई चिसो बाट बच्नका यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । सम्मान कार्यक्रमलाई निरन्तरता दिन जनताको पैसा जनता सम्म पुग्न यो राम्रो माध्यम भएको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने जानकारी दिनु भयो । वडा कार्यालयको प्रङ्गणमा एक कार्यक्रम गरि कम्बल वितरण गरिएको वडा अध्यक्ष रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, वडाका ६० वर्ष देखि ६८ वर्ष माथिका ८६, ७८ वर्ष माथिका ९९, शारीरिक रूपमा अशक्त भएका ´क` वर्गका ७ र `ख´ वर्गका १० जना गरि जम्मा २ सय १० लाई सम्मान स्वरूप कम्बल वितरण गरिएको बताउनुभयो ।
यस्तै कार्यक्रमा बाेल्दै चन्दननाथ नगरपालिका वडा नम्बर ९ का नि-वर्तमान वडाअध्यक्ष मीन बहादुर डाँगिका अनुसार जेष्ठ नागरिक लाई सम्मान गर्नु ठुलाे कनम भएको बताउनुभयो । उहाँका अनसार पछि सबै जेष्ठ नागिरक हुने भएकाले जेष्ठ नागरिक प्रति गरिने ब्याबहार पनि परिवर्तन हुनु पर्ने बताउनुभयो ।