टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

हिमशिखर संवाददाता १५ असार २०८१, शनिबार ०६:२९

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।

भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो । दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । नवौँ संस्करणको यो विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका आठ र भारत सात खेलमा अपराजित छन् । भारतले क्यानडासँगको खेलमा वर्षा बाधक हुँदा अङ्क बाँडेको थियो ।

नवौँ संस्करणको टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका हुन् । गएको जुन २ तारिख अर्थात् जेठ २० गतेदेखि शुरु भएको प्रतियोगितामा २० देश सहभागी थिए । दोस्रो पटक टी–२० विश्वकप खेलेको नेपाल भने समूह चरणबाटै बाहिरीएको थियो ।

Next Post

पत्रकार महासंघ जुम्ला शाखा कार्यालयमा प्रेस युनियनकाे तालाबन्दी

१५ असार २०८१, शनिबार ०६:२९
मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ जुम्ला कार्यालयमा तालाबन्दी गरेको छ। प्रेस युनियनका जुम्ला जिल्ला अध्यक्ष प्रकाश उपाधयायकाे नेतृत्वमा गएको टोलीले शनिवार बिहान ८ बजे जुम्ला शाखा महासंघको कार्यालयमा ताला लगाएको हो। केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशन गरेको थियो। युनियनको तालाबन्दीले महासंघको यही […]

सम्बन्धित समाचार

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।