पत्रकार महासंघ जुम्ला शाखा कार्यालयमा प्रेस युनियनकाे तालाबन्दी

के .बि अछुत १५ असार २०८१, शनिबार ०८:१८

मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ जुम्ला कार्यालयमा तालाबन्दी गरेको छ।

प्रेस युनियनका जुम्ला जिल्ला अध्यक्ष प्रकाश उपाधयायकाे नेतृत्वमा गएको टोलीले शनिवार बिहान ८ बजे जुम्ला शाखा महासंघको कार्यालयमा ताला लगाएको हो।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशन गरेको थियो। युनियनको तालाबन्दीले महासंघको यही असार २२ गते तय गरिएको मतदान कार्यक्रम लगायत निर्वाचन तालिका प्रभावित हुने सम्भावना बढाएको छ।

 

Next Post

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार २०८१, शनिबार ०८:१८
आज असार १५। ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ। आजको दिन खेतमा धान रोपाइँसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ। कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने […]