सन्दीपकाे निवेदनमा अर्काे बिहीबार मात्रै सुनुवाइ हुने

महेश चाैलागाँई १४ पुष २०७९, बिहीबार १७:३४

बलात्कार आरोपमा पक्राउ परेर पूर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेको निवेदनकाे सुनुवाइ सरेकाे छ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा परेकाे सन्दीपकाे निवेदन हेर्न नभ्याइनेमा राखिएकाे  छ।

सन्दीपकाे भन्दा अगाडि रहेका मुद्दाहरू लामाे भएकाे कारण पाँचाैँ स्थानमा रहेकाे उनकाे निवेदनकाे सुनुवाइ हेर्न नभ्याइनेमा राखिएकाे अधिवक्ता सरोकृष्ण घिमिरले बताए।

उनका अनुसार मुद्दाको सुनवाइ अब अर्काे बिहीबार हुनेछ।

नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो।

पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

Next Post

सुरक्षा निकायका पदाधिकारीलाई कस्दै सरकार, आफूखुसी नेता र राजदूत नभेट्न निर्देशन

१४ पुष २०७९, बिहीबार १७:३४
गृह मन्त्रालयले राजनीतिक दलका नेता, कूटनीतिक नियोगहरुलाई आफूखुसी नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको हाे। गृहले त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउन हुन तथा […]