उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

हिमशिखर सम्वाददाता काठमाण्डौ ३ चैत्र २०७९, शुक्रबार १९:०६

जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव देशकाे तेस्राे उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो । उहाँले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाउनुभएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार छ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार तीन सय १४ मतभारभन्दा बढी मत ल्याउनुभएको छ ।

यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्नुभएको हो । उपराष्ट्रपतिमा जसपा सांसद प्रमिला कुमारीले पनि उम्मेदवारी दिनुभएको भए पनि मतदानअघि नै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाउनुभएको थियो ।

यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

Next Post

कांग्रेस संसदीय दलको बैठक बस्दै

३ चैत्र २०७९, शुक्रबार १९:०६
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ। यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बस्ने बैठकमा समसामयिक […]