जुम्लाको तातोपानीमा १८ कोठे भवन जलेर नष्ट

हिमशिखर संवाददाता २६ भाद्र २०७९, आईतवार २०:०८

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गौतम बाडा निवासी काली बहादुर खत्री र जीत बहादुर खत्रीको घरमा आगलागी भएको छ।

खाना पकाउने ग्याँस लिक भएर आइतबार बिहान साढे ५ बजे आगलागी हुँदा काली बहादुर, जीत बहादुरका ९ जना परिवार बस्दै आएको १८ कोठे घर जलेर खरानी भएको छ।

आगलागी भएको पाँच घण्टापछि नियन्त्रणमा आएको थियो।

पीडित काली बहादुर खत्रीका अनुसार घरमा भएको नगद १३ लाख सहित पाँच तोला सुन लत्ता कपडा, अन्नपात भाँडाकुँडा सबै जलेर खरानी भएको छ भने पीडित जीत बहादुर खत्रीका अनुसार नगद ६ लाखसहित घरको अन्नपात, लत्ताकपडा सबै नष्ट भएको छ।

एउटै घरमा छुटिएर बसेका जीत बहादुर काली बहादुरको ९ जना परिवार अहिले बिचल्लीमा परेको छ। आगलागीले दुवै जनाको गरी झण्डै ६० लाख भन्दा बढीको क्षति भएको छ।

आगलागी पीडित जीत बहादुर खत्री र काली बहादुर खत्रीको परिवारलाई तत्कालका लागि ७० हजार बराबरको लत्ताकपडा, भाँडाकुँडा सहित खाद्यान्न उपलब्ध गराइएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जनाए।

Next Post

सिङ्गो कर्णालीको एक्लो सन्त नेता मनऋषि

२६ भाद्र २०७९, आईतवार २०:०८
जनादेशका सम्पादक पत्रकार कृष्णसेन इच्छुक तत्कालीन शाही सेनाबाट वेपत्ता पारिएपछि सम्पादक बनेका पत्रकार मनऋषि धिताल मार्क्सवादी सिद्धान्तबाट दिक्षित छन्। जनयुद्धको भट्टीमा खारिएर स्पात बनेका उनलाई सिद्धान्त व्यवाहारमा उतारेका एक पात्रकाे रुपमा बुझ्दा न्याय हुन्छ। यसकाे प्रमाण उनी इमानदार छन्, उत्तरदायी छन् र जिम्मेवार पनि। उनमा कुनैपनि खालकाे लाेभलालच छैन। एकातिर […]

सम्बन्धित समाचार