लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका चारै जनालाई स्पष्टिकरण सोध्दै फिर्ता आउन जसपाले निर्देशन दिएको छ ।
प्रदेश पार्टी अध्यक्ष अशोक कुमार यादवले प्रेस विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार, चारै जनालाई सरकारबाट फर्किन निर्देशन दिइएको हो । सोमबार प्रदेश प्रमुख धर्मनाथ यादवले नयाँ थपिएका ४ जना मन्त्रीहरुलाई सपथ ग्रहरण गराइसकेका छन् ।
जसपाबाट लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विजय बहादुर यादव, सन्तोष पाण्डेलाई भौतिक पुर्वाधार विकास मन्त्रालय र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी प्रदान गरिएको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीलाई भौतिक पुर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेबारी प्रदान गरिएको छ ।
Next Post

हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना
६ बैशाख २०७८, सोमबार २१:२३
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो। कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। फेसबुकमा उनले लेखेका छन्, ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ […]
सम्बन्धित समाचार
-
५ आश्विन २०७७, सोमबार २१:१२
डा.केसीलाई भेरी अस्पतालमा भर्ना
-
६ माघ २०७७, मंगलवार २०:१९
दिनभर तनावग्रस्त रुकुम पश्चिमको राडी बजार निषेधाज्ञा जारी
-
२७ कार्तिक २०७९, आईतवार १५:२२
रवि लामिछाने र सत्ता गठबन्धनको टोलीबीच चितवनमा झडप
-
७ कार्तिक २०७७, शुक्रबार ११:०९
उपाराष्ट्रपति पुनको चाडपर्व खर्च कोरोना कोषमा
-
१८ पुष २०७९, सोमबार ०७:२८
जुम्लाका सरकारी कार्यालयमा गरियो अनुगमन
-
११ माघ २०७९, बुधबार १९:४८
कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ


