जुम्ला Gen-z हरुको नेतृत्व चयनमा शैलेश रोकाय।

महेश चाैलागाँई २९ भाद्र २०८२, आईतवार १५:१४

जेन-जी जुम्लाले आज आधिकारिक रुपमा जेन-जी नेतृत्व चयन गरेको छ।

नेपालको वर्तमान परिस्थितिमालाई मध्यनजर गर्दै जेन-जी उमेर समुहले गरेको आन्दोलनले गर्दा देशमा एक आमूल परिवर्तन आएको बेला जेन-जी समुहका युवाहरूले यसलाई औपचारिक रुपमा गलत प्रवृत्ति विरुद्ध आवाज उठाउनको निम्ति समुहहरु गठन गरिरहेको अवस्थामा जुम्लाको जेन-जी को नेतृत्व शैलेस रोकायलाई सर्वसम्मत रुपमा चयन गरिएको हो।

नेतृत्व चयन कार्यक्रममा जिल्लाका विभिन्न स्थानका युवाहरूको सहभागी रहेको थियो त्यस्तै नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले यो नेतृत्वले निष्पक्ष रुपमा कार्य गर्न र भ्रष्ट,देशमा भइरहेका गलत कार्यको विरुद्ध जुम्लामा अग्रसर भएर काम गर्न सुझाव दिएका छन् ।

यो सँगै जेन-जी उमेर समुहका युवाहरूले जिल्लामा खरो रुपमा कार्य गर्ने मुख्यत भ्रष्टाचार विरुद्ध आवाज उठाउने र भ्रष्टाचार गर्ने जोसुकै कारबाहीको दायरामा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

Next Post

मन्त्री बन्दै कुलमान र रामेश्वर खनाल

२९ भाद्र २०८२, आईतवार १५:१४
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको […]