एउटै डोरीमा झुण्डिएको अवस्थामा दिदीबहिनीको शव फेला

हिमशिखर संवाददाता ८ श्रावण २०८२, बिहीबार १०:५४

मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृत अवस्थामा फेला परेका छन्। स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन्। मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए।

घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ ।  मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुंगानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

जुम्ला कालोपत्रे काे बिषयमा राजनीतिक दलहरूको प्रशासनलाई ध्यानाकर्षण

८ श्रावण २०८२, बिहीबार १०:५४
कर्णाली राजमार्ग अन्तर्गत जुम्ला जिल्लामा हालै कालोपत्रे गरिएका सडकहरूको गुणस्तरप्रति चासो व्यक्त गर्दै जिल्लाका प्रमुख राजनीतिक दलहरूले जिल्ला प्रशासन कार्यालयमा संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले विषयको गम्भीरता बुझेको जनाउँदै छानबिन अघि बढाउने र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, हाल कार्य गरिरहेको उज्ज्वल […]

सम्बन्धित समाचार