जुम्ला कालोपत्रे काे बिषयमा राजनीतिक दलहरूको प्रशासनलाई ध्यानाकर्षण

महेश चाैलागाँई ८ श्रावण २०८२, बिहीबार १३:२०

कर्णाली राजमार्ग अन्तर्गत जुम्ला जिल्लामा हालै कालोपत्रे गरिएका सडकहरूको गुणस्तरप्रति चासो व्यक्त गर्दै जिल्लाका प्रमुख राजनीतिक दलहरूले जिल्ला प्रशासन कार्यालयमा संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले विषयको गम्भीरता बुझेको जनाउँदै छानबिन अघि बढाउने र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, हाल कार्य गरिरहेको उज्ज्वल शानदार जेभी निर्माण कम्पनीले गरिरहेको उक्त काम तत्कालका लागि रोक्न निर्देशन समेत दिइएको छ।  हिजाे कुटिराे डटकम ले स्थलगत रिटपाेटिङकाे   भिडियोमा देखाइएको भागलाई निर्माण कम्पनीले पुनः मेसिन प्रयोग गरेर खनिसकेको छ ।

स्थानीयवासीहरूका अनुसार जुम्लामा पछिल्ला वर्षहरूमा बनेका थुप्रै सडकहरू अल्पकालमै बिग्रिएका छन्। यसपटक भने जनसरोकारका विषयमा सचेत नागरिकको पहल, पत्रकारिताको निगरानी र राजनीतिक दलहरूको दबाबले निर्माण क्षेत्रलाई पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

अहिले व्यापक रुपमा जिल्लाका स्थानीय लगायत विभिन्न राजनीति दलहरुले यस कालोपत्रेको आलोचना गरिरहेका छन् भने यसमा देखिएका दोषीलाई कारबाहीको माग समेत राखिरहेका छन् ।

Next Post

नेपाल तरुण दल जुम्लाको अध्यक्ष पदका लागि १४ जना आकांक्षी

८ श्रावण २०८२, बिहीबार १३:२०
नेपाली कांग्रेस निकट नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला सम्मेलन अन्तर्गत उद्घाटन सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ। अब सुरु भएको बन्द सत्रले जिल्ला कार्यसमिति चयन गर्ने तयारी गरिरहेको छ। जिल्ला अध्यक्ष पदका लागि १४ जनाले आकांक्षा देखाएका छन्। निर्वाचन समितिका संयोजक भक्त बुढाका अनुसार अध्यक्षका […]

सम्बन्धित समाचार