नेपाल तरुण दल जुम्लाको अध्यक्ष पदका लागि १४ जना आकांक्षी

महेश चाैलागाँई १० श्रावण २०८२, शनिबार १६:२०

नेपाली कांग्रेस निकट नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला सम्मेलन अन्तर्गत उद्घाटन सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ। अब सुरु भएको बन्द सत्रले जिल्ला कार्यसमिति चयन गर्ने तयारी गरिरहेको छ।

जिल्ला अध्यक्ष पदका लागि १४ जनाले आकांक्षा देखाएका छन्। निर्वाचन समितिका संयोजक भक्त बुढाका अनुसार अध्यक्षका आकांक्षीहरूमा दुर्लभ खत्री, सञ्जीव रावल, दीपेन्द्र विक्रम हमाल, भरत शाही, विकास शाही, राजेश श्रेष्ठ, प्रविन बुड्थापा, हेम बुड्थापा, रतनबहादुर शाही, राजेन्द्र श्रेष्ठ, विरेन्द्रबहादुर शाही, नेत्रबहादुर शाही र टंक आचार्य रहेका छन्।

यति धेरै आकांक्षी देखिनु तरुण दलभित्र नेतृत्वप्रतिको उत्साह र प्रतिस्पर्धाको संकेतका रूपमा हेरिएको छ।

सम्मेलनमा जिल्ला भरिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ। नयाँ नेतृत्वले संगठनलाई थप सशक्त, नीतिनिर्माणमा हस्तक्षेपकारी र युवामैत्री अभियानमा अग्रसर बनाउने अपेक्षा गरिएको छ।

बन्द सत्रले सहमतिको प्रयास गरे पनि आवश्यकता परेमा मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ।

शुक्रबार एक भव्य समारोहबीच उद्घाटन भएको सम्मेलनको बन्दसत्र जारी रहेको छ।

Next Post

प्राविधिक समस्याका कारण देखाउदै अछाम मा माहावाबाट निकालिएको बिजुली परियोजना बन्द

१० श्रावण २०८२, शनिबार १६:२०
अछामको कमलबजारमा तीन वर्ष चलेको हावाबाट बिजुली निकाल्ने परियोजना प्राविधिक समस्याका कारण बन्द भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मा हावाबाट ३०० मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा कमलबजारमा ३० किलोवाट क्षमताको योजना सुरु भएको थियो। करीब २ करोड लागतमा बनेको परियोजनाबाट १५ किलोवाट […]