कालिकोटमा ३ जना बालिका ३ दिन देखि हराएको घटनाकाे खाेजिकार्यकाे लागि सरकारवाला संग सादा नेपालले अपिल गरेकाे छ ।
सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल ) का कार्यकारी निर्देशक अशाेक नाथ याेगी दारा हस्ताक्षरित अपिल पत्रमा बालिकालाई ललाई फगाई प्रलोभनमा पारी कतै लगेको आशंका देखिएकोले बालबालिका क्षेत्रमा काम गर्ने बालअधिकारसंग सम्बद्ध संघ संस्था निकाय र सुरक्षा निकाय लाई खोजी गरि उद्धार गर्न अपिल गरिएकाे छ ।
कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं ५ का ३ जना बालिका विगत ३ दिन देखि हराएकाछन ।उनिहरूकाे अवस्था हालसम्म पनि सार्वजनिक भएकाे छैन ।



