प्रधानमन्त्री प्रचण्डले सम्हालेका मन्त्रालयको सङ्ख्या १६ वटा पुग्यो

हिमशिखर सम्वाददाता काठमाण्डौ १६ फाल्गुन २०७९, मंगलवार १५:३०

नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँसँग राख्नुभएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राख्नुभएका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राख्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोक्नुभएको हो । एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राप्रपाले छाडेका ऊर्जा, सहरी विकास र कानुन मन्त्रालय पनि प्रचण्डकै जिम्मामा छन् ।

प्रधानमन्त्री प्रचण्डले गएको माघ ३ गते मन्त्रिपरिषद् विस्तार गर्दा वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय आफैँसँग राख्नुभएको थियो । ती मन्त्रालयसहित अहिले प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालय भएका छन् । अहिले सरकारमा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीमात्रै बाँकी रहेका छन् ।

Next Post

चितवन–२ मा हुने उपचुनावका लागि १८ दल दर्ता : यी हुन् दर्ता भएका दलहरु

१६ फाल्गुन २०७९, मंगलवार १५:३०
चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गते सम्मको समयसीमा  निर्धारण  गरेको  थियो  । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आह्वान गरेअनुसार दर्ता भएका दलले  मात्रै उपचुनावमा  भाग लिन पाउनेछन् । वैशाख १० गते […]

सम्बन्धित समाचार